आज कतारी रियल ३५.७० ,साउदी अरेबियन रियाल ३४.७५ पुग्यो, अरु देशको कति पुग्यो हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ४६ पैसा र बिक्रीदर १३१ रूपैयाँ ०६ पैसा कायम गरिएको छ।युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३७ पैसा पाइन्छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६० रूपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रूपैयाँ ५२ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९१ रूपैयाँ ९८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ९८ रूपैयाँ पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ७० पैसा र बिक्रीमा ३५ रूपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३४ रूपैयाँ ९१ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५२ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३० रूपैयाँ ४४ पैसा र बिक्रीमा ३० रूपैयाँ ५८ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२७ रूपैयाँ ३२ पैसा र बिक्रीमा ४२९ रूपैयाँ ३८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३४७ रूपैयाँ ६४ पैसा तोकिएको छ।

[dflip id=”24742″ ][/dflip]

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार