आज कतारी रियल ३५.५७ ,मलेसियन रिंगेट २९.७९ पुग्यो, अरु देशको कति पुग्यो हेर्नुहोस्



नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आज बिहीबारकाे लागि निर्धारण गरेकाे दर अनुसार अमेरिकी र अष्ट्रेलियन डलर, पाउन्ड र युरोलगायतको भाउ घटेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रूपैयाँ २३ पैसा र बिक्री दर १३० रूपैयाँ ८३ पैसा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा केही कमि हो। यस्तै युरो एकको खरिददर १३९ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४० रूपैयाँ ५६ पैसा रहेको छ। युरोको भाउ पनि अघिल्लो दिनको तुलनामा केही घटेको हो।

यता बेलायती पाउण्ड एकको खरिददर १५८ रूपैयाँ र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा रहेको छ। युरो पनि बुधबारको तुलानमा केही सस्तो भएको हो। यस्तै अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ १ पैसा र बिक्रीदर ९० रूपैयाँ ४२ पैसा छ। अष्ट्रेलियन मूल्य पनि आज घटेको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अन्यको विनियमदर हेर्नुहोस्

प्रकाशित मिति : २०७९ पुष २८ गते बिहिवार