हेटौंडा । बागमती प्रदेश सभाका १ सय ९ प्रदेश सदस्यहरुको पद तथा गोपनियता शपथ आज हुँदैछ । उनीहरुलाई आज दिउँसो २ बजे प्रदेश सभामा जेष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले शपथ गराउने कार्यक्रमको तयारी पुरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
१ सय १० प्रदेशसभा सदस्य रहेको बागमतीमा बुधबार दिउँसो जेष्ठ सदस्य ढुङ्गानाले शपथ लिएका थिए । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले ढुङ्गानालाई शपथ खुवाएका थिए ।
४ मंसिरमा भएको आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए ।
केन्द्रमा सत्ता साझेदार गरेको नेकपा एमाले र नेकपा माओवजादीले प्रदेशमा पनि सत्ता साझेदार गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार





