एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले नमिठो हार ब्यहोर्नु परेको थियो । साउदी अरेबियासंग नमिठो हार ब्यहोरेको हो । उक्त खेलमा साउदी समर्थकको बाहुल्यता रहेको लुसेल रंगशालामा हारपछि अर्जेन्टिनाका स्टार फरवार्ड तथा कप्तान लिओनल मेस्सीलाई इंकित गर्दै ‘ह्वेर इज मेस्सी’ भन्ने नारा गुञ्जियो ।
मेस्सीले साउदीविरुद्ध खेलमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुवातमा साउदीले लगातार दुई गोल गर्दै अग्रता लियो । पहिलो खेलमा नै साउदीले २–१ को जित दर्ता गरेपछि अर्जेन्टिनालाई प्रतियोगितामा रहन दबाब थपिएको थियो ।
दोस्रो खेलमा मेक्सिकोविरुद्ध पनि मेक्सिकोका समर्थकले ‘ह्वेर इज मेस्सी’को नारा चल्यो । पहिलो हाफ गोलरहित रहेपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिने डर बढ्दो थियो । उक्त खेलमा हार बेहोरेको भए अर्जेन्टिना समूह चरणबाट बाहिरिने अबस्था बन्ने थियो । तर, मेस्सीले सानदार गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काए । उक्त खेल २–० ले जित्दै अर्जेन्टिनाले सम्भावनालाई जीवित राख्यो ।
समूहको अन्तिम खेलमा मेस्सीले पेनाल्टीमा गोल गर्न चुकेपनि अर्जेन्टिना पोल्यान्डमाथि २–० को जितका साथ राउन्ड अफ १६ मा पुग्यो ।
अन्ततः साउदी समर्थकले सुरु गरेको ह्वेर इज मेस्सीको नारा मेक्सिकोविरुद्ध खेलबाट अघि बढ्न सकेन । साउदी र मेक्सिको दुवै समूह चरणबाट नै बाहिरिएपछि त झन् मेस्सीविरुद्ध चलेको नारा बिलय हुन पुग्यो ।
मंगलबार राती त साउदी समर्थक नै मेस्सीविरुद्ध नारा परिवर्तन गरेर अर्जेन्टिनाकै समर्थनमा देखिए । सामाजिक संजालमा ‘ह्वेर इज मेस्सी’ भन्दै भाइरल बनेका एक समर्थक भने सेमिफाइनलमा अर्जेन्टिनाकै समर्थन गरिरहेको भेटिए ।
The "Where is Messi" guy is supporting Argentina😂 pic.twitter.com/zWp8Jd8m8b
— La Pulga (@UniHaz10) December 14, 2022





