ह्वातै बढ्याे रियल,दिराम र रिंगेटको भाउ ! अरुदेशको भाउ यस्तो



नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस सार्वजनिक गरेको छ। बिहिबारको तुलनामा शुक्रबार अमेरिकीफ डलर, युरो, पाउण्डलगायतको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर अधिकतम १३१ रुपैयाँ ५८ पैसा र बिक्री दर १३२ रूपैयाँ १८ पैसा कायम गरेको छ।

यस्तो युरो एकको खरिददर १३८ रुपैयाँ ११ पैसा र बिक्री दर १३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ०१ पैसा र बिक्री दर १६० रुपैयाँ ८३ पैसा छ।

यस्तै, अघिल्लो दिनको तुलनामा भाउ घटेको स्विस फ्रेङ्क एकको खरिद दर १३९ रुपैयाँ ६७ पैसा र बिक्री दर १४० रुपैयाँ ३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यता अस्ट्रेलियन र क्यानेडियन डलरको भाउ भने अघिल्लो दिनको तुलनामा बढेको छ। अष्ट्रेलियन एक डलरको खरिद दर ८८ रुपैयाँ ४२ पैसा र बिक्री दर ८८ रुपैयाँ ८२ तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६९ पैसा छ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६१ पैसा र बिक्री दर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८७ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ९९ पैसा र बिक्री दर ३५ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको छ। यस्तै युएई दिराम १ को खरिद दर ३५ रूपैयाँ ८५ पैसा र खरिद दर ३६ रूपैयाँ १ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ९२ पैसा छ भने बिक्री दर ३० रुपैयाँ ०६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

हेर्नुहोस् विनिमय दरहरू

Currency Unit Buy/Rs Sell/Rs
INR 100 160.00 160.15
USD 1 131.66 132.26
EUR 1 138.02 138.65
GBP 1 159.87 160.60
CHF 1 139.90 140.54
AUD 1 87.95 88.35
CAD 1 96.17 96.60
SGD 1 96.84 97.29
JPY 10 9.58 9.62
CNY 1 18.86 18.94
SAR 1 35.01 35.17
QAR 1 36.03 36.20
THB 1 3.75 3.77
AED 1 35.85 36.01
MYR 1 29.94 30.08
KRW 100 9.96 10.01
SEK 1 12.64 12.70
DKK 1 18.56 18.64
HKD 1 16.90 16.97
KWD 1 428.85 430.80
BHD 1 349.25 350.84

प्रकाशित मिति : २०७९ मङ्सिर २३ गते शुक्रवार