नेयमारले दक्षिण कोरियाविरुद्ध खेल्ने



काठमाडौं । कतार विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत आज सोमबार ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

उपाधि दाबेदार ब्राजिलले स्टेडियम ९७४ मा एसियाली प्रतिद्वन्दी दक्षिण कोरियाको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

ब्राजिल आज दक्षिण कोरियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा रहेको छ । दक्षिण कोरियाविरुद्ध ब्राजिलका स्ट्राइकर नेयमार खेल्ने बताईएको छ ।

दक्षिण कोरिया पनि बलियो टोलीविरुद्ध उत्कृष्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । ब्राजिल समूह ुजीु को विजेता र दक्षिण कोरिया समूह ुएचु को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

हेड टु हेड

ब्राजिल र दक्षिण कोरियाबीच हालसम्म ७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा ६ खेल ब्राजिलले जितेको छ । दक्षिण कोरियाले एक खेलमा जित निकालेको छ ।

सम्भावित सुरुआती : ११
ब्राजिल : एलिसन, डानिलो, मार्क्विन्होस, सिल्भा, सान्ड्रो, फ्रेड, कासिमिरो, नेयमार, पाक्वेटा, राफिन्हा, रिचार्लिसन

दक्षिण कोरिया : किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ, ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो

प्लेयर्स टु वाच
यस खेलमा ब्राजिलका रिचार्लिसन र दक्षिण कोरियाका सन ह्युङ मिनलाई प्लेयर्स टु वाचमा राखिएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार