
पोल्यान्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबल २०२२ को क्वाटर फाइनल (अन्तिम ८) पुगेको छ ।
कतारको अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्सले पोल्यान्डलाई तीन-एक गोलले हरायो । पहिलो हाफमा १-० गोलको अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्यो । फ्रान्सका ओलिभर जिरुडले ४४ औँ तथा केलियन एमबाप्पेले ७४ औँ र ९१ औँ मिनेटमा गोल गरे । पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरे ।
फ्रान्सका जिरुडले एक गोल गर्दै देशका लागि सर्वाधिक गाेलकर्ता बनेका छन् । जिरुडले गोल सङ्ख्या ५२ पुर्याएका छन् । उनले लिजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीको गोल सङ्ख्या ५१ छ ।
यो खेलमा दुई गोल गर्दै २३ वर्षीय एमबाप्पेले विश्व कपमा गोल सङ्ख्या नौ पुर्याएका छन् । यो विश्व कपमा उनको यो पाँचौँ गोल हो । एम्बाप्पे २३ वर्षको उमेरमा विश्व कपमा ९ गोल पूरा गर्ने पहिलो खेलाडी पनि बनेका छन्।
यस्तै आजै राति पौने १ बजे अर्को प्रि- क्वाटर फाइनलमा इङ्गल्यान्ड र सेनेगल खेल्दै छन्