
फिफा विश्वकप फुटबलमा गएराति भएको खेलमा समूह ‘जी’ अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० गोलले हराएको छ ।
कतारको लुसिअल स्टेडियममा भएको खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएकाे हाे । पराजित भए पनि समूह विजेता बनेकाे ब्राजिल अन्तिम १६ अर्थात् नकआउट चरणमा पुगेकाे छ ।
क्यामरुनका लागि भिन्सेन्ट अबुबाकरले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो । गोल गरेपछि उनी दुई पहेँलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
जितसँगै तीन खेलमा चार अङ्क जोडेको क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समान खेलमा ६ अङ्क जाेडेकाे ब्राजिल समूहको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गएराति भएकाे खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेकाे छ । पराजित घाना समूह चरणबाट बाहिरिएकाे छ । उसले ३ खेलमा ३ अङ्क जोडेकाे थियाे। उरुग्वे समूह ‘एच’ काे तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । दक्षिण कोरियासँग गोल अन्तरमा पछि परेकाे उरुग्वे समान अङ्क जोडे पनि बाहिरिएको हो ।
यस्तै, गएराति भएकाे अर्काे खेलमा स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएकाे छ । जितसँगै ३ खेलमा ६ अङ्क जोडेकाे स्विट्जरल्यान्ड राउन्ड अफ १६ मा प्रवेश गरेकाे छ । जितसँगै स्विट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।