विश्वकप फुटबल : पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया अन्तिम १६ मा



फिफा विश्व कप फुटबल‍मा समूह ‘एच’ अन्तर्गतकाे दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा गए राति भएको खेलमा पोर्चुगल दक्षिण कोरियासँग पराजित भएको हो । जितसँगै दक्षिण कोरिया अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेकाे छ ।

खेलको पाँचौँ मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, दक्षिण कोरियाका लागि खेलको २७औँ मिनेटमा किम योङ जीओनले पहिलो गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

काेरियाका लागि इन्जुरी समयमा ह्वाङ ही चानले दोस्रो गोल गरेका हुन् । जितसँगै कोरियाले ३ खेलमा ४ अङ्क जाेडेकाे छ भने पोर्चुगलकाे समान खेलमा ६ अङ्क रहेको छ ।

पाेर्चुगल यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेकाे छ । समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार