मकवानपुर-१ मा राप्रपाका दीपक सिंह निर्वाचित, कांग्रेसकी डिना पराजित



मकवानपुर १ मा राप्रपाका दीपक सिंह निर्वाचित भएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतले पराजित गर्दै राप्रपाका सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कुल ९१ हजार ५८३ म खसेकोमा विजयी सिंहले २७ हजार ८१६ हजार मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी सत्तारुढ गठबन्धनकी उम्मेदवार डीना उपाध्यायले २५ हजार ४२३ मत प्राप्त गरिन् ।

एमालेको चुनाव चिन्हबाट उम्मेदवार बनेका थापाले २५ हजार ४२० मत प्राप्त गरे । राप्रपाले हेटौंडामा २८ वर्षपछि विजयी भएको हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार