काठमाडौं-६ मा शिशिर खनालको अग्रता कायमै, सर्वेन्द्र खनाल दोस्रो



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले अग्रता कायम राखेका छन्। सोमबार साँझ २ हजार १२३ मत गणना गर्दा शिशिरले ११५१ मत पाएका छन्। शिशिरले सुरूवात देखि नै अग्रता कायम राखेका हुन्।

यता नेकपा एमालेका सर्वेन्द्र खनालले ७०४ मत पाएका छन्। यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेनदास प्रधान तेस्रो स्थानमा छन्। उनले जम्मा ६२१ मत पाएका छन्।

यस क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार