काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा प्रहरीको गोलीबाट एकजनाको मृत्यु भएको छ ।
त्रिवेणी नगरपालिका–७ मा मतदान सकिएर मतपेटिका थन्क्याउँदै गर्दा बाहिर प्रहरीको गोलीबाट मनोज अएडी ढलेका हुन् ।
स्थानीयका अनुसार उनको छातीमा गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर ४ गते आइतवार





