हात्तीवनमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा चालकको ज्यान गयो



ललितपुर । ललितपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति पौने १ बजे ललितपुरको हात्तीवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको हो ।

वाग्मती प्रदेश ०२–००७ प ८६३८ नम्बरको स्कुटर रोकिराखेको वाग्मती प्रदेश ०१–००५ ख ९४७५ नम्बरको ट्रकमा ठोक्किँदा चालक गोदावरी नगरपालिका-५ का २० वर्षका सुरेश मोक्तानको ज्यान गएको हो ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार