आज फेरी ह्वात्तै बढ्यो रियल दिराम र रिंगेटको भाउ ! हेर्नुहोस अरु देशको मुद्रा भाउ



काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेर अर्को नयाँ रेकर्ड कायम गरेको छ। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड कायम गरेसंगै नेपाली मुद्राको भाउ दिन प्रति दिन थप कमजोर हुँदै गएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा कायम गरेको छ। अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ४१ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ८४ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०७ पैसा र बिक्री दर ८६ रुपैयाँ ४७ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ९९ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ २५ पैसा र बिक्री दर ९ रुपैयाँ ३० पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७८ र बिक्री दर ३३ रुपैयाँ ९४ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम भएको छ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार