बाँदर आतंकबाट खेतीबाली जोगाउन के गर्ने ? सेयर गर्नुहोस



बाँदर आतंकबाट खेतीबाली जोगाउन के गर्ने ? सेयर गर्नुहोस

ध्रुव शर्मा
स्याङ्जा, १८ असार । बाँदरको समस्या कृषकहरुका लागि कुनै ठाउँ विशेषको मात्र नभइ देशभरका अधिकांश स्थानहरुको प्रमुख समस्या हो । पहिले पहिले जङ्गलको छेउछाउमा पनि बसोबास र खेतीपाती हुने तथा जङ्गलमा प्रशस्त आहार पाइने हुनाले बाँदर वेशी फाँटसम्म आउँदैनथे ।

पछिल्लो समय ग्रामीण बस्ती पातलिनु र त्यहिमाथी खोरिया, पाखोबारी बाँझो हुनु, बाँदरसंग मान्छेको घुलमेल बढी हुनु, मान्छेले नै बाँदरलाई खानेकुरा दिएर पल्काउनु, जङ्गलमा जंगली फलफुल कमि हुनु, बादरको संख्यामा पनि तीब्र वृद्धि हुनुजस्ता कारणहरुले आम किसानहरुलाई बाँदरको समस्या पेचिलो बनेको छ ।

बाँदरको समस्याबाट छुटकारा पाउन र नियन्त्रणका लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. बैकल्पिक खेती बाली अपनाउने, जसका लागि माटो परिक्षण गरि उत्पादनमा वृद्धि गर्न सकिने र बाँदरले क्षति नगर्ने खालको बैकल्पिक खेतीपाती गर्ने । ( यो कार्यको लागि पालिकाले किसानलाई पुर्ण रूपमा सहयोग गर्नुपर्ने हुन्छ । ) जस्तै ः–

डल्ले खुर्सानी खेती
लप्सी खेती
दाल चिनी खेती (सिन्कौली)
अदुवा, बेसार खेती
कोदो खेती
तरुल खेती
ओखर खेती
रुद्राक्ष खेती
अम्रिसो खेती
कोदो खेति

व्यावसायिक बाँस खेती
जंगलहरुमा बनमासा खेती गरेर त्यसबाट बृकेट कोइला बनाउने,
बाँदर लाउने ठाउँमा डालेघाँस लागाएर बाख्रा पालन र पशुपालन गर्ने,
यस्तै खालको विभिन्न खेतीहरुका बारेमा अनुसन्धान गर्ने र त्यसलाई बीउबिजन बिरुवाहरुमा अनुदान दिने र उत्पादनको अग्रिम मुल्य निर्धारण गरि बजारिकरणको जिम्मा नगरपलिकाले लिने,
बाँदर समातेर बन्ध्याकरण गरिदिने ।

३. बाँदर कृषकले लगाएको घर बाली खेतीपातीसम्म नआउनको लागि जिल्ला बन कार्यालय, डिभिजन बन कार्यालय, ईलाका बन कार्यालयसंग समन्वय गरि प्रत्येक वडा स्तरबाटै जङ्गलमै विभिन्न जंगली फलफुलको बृक्षारोपण गर्ने अभियान सञ्चालन गर्ने ।
४. बाँदर नियन्त्रणका लागि विभिन्न सरोकारवाला निकायहरु संग थप छलफल गर्ने र यसलाई राष्ट्रिय समस्या घोषणा गरि प्रदेश सरकार र केन्द्र सरकारसंग सहयोग लिने ।

५.बाँदर नियन्त्रण योजनासम्बन्धि अनुसन्धान गर्नेलाई नगरपालिकाले सन्दर्भ सामाग्री र आर्थिक सहयोगको नीति लिने ।
६.बाँदर समाउने तालिम प्राप्त व्यक्ती झिकाएर बाँदर समाएर बस्तीदेखि टाढा रास्ट्रिय निकुञ्जमा लगेर छोडिदिने ।
७.सरकारको विशेष अनुदानमा बाली बिमा गर्ने ।
८. खेती बालिको छेउछाउमा बाँदरलाई एलर्जी हुने घाँस रोप्ने आदि ।

यसका लागि जिल्ला समन्वय कार्यालयको समन्वयमा जिल्लाका सबै पालिकाहरुमा समन्वय गरेर कृषकहरुलाई बाँदरको आतंक जिल्लाको साझा समस्या बनाएर बाँदर

नियन्त्रणका लागि जिल्लाका सम्पुर्ण पालिकाहरुले अभियान चलाइ सझा एजेन्डा बनाएर सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । जसले गर्दा पुर्ण रुपमा नियन्त्रण गर्न नसकेपनी धेरै मात्रामा नियन्त्रण गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७९ असार २६ गते आइतवार