चमार समुदायबाट पहिलो एमबीबीएस डाक्टर बने रामजी राम



काठमाडौं । वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत रामजी रामले एमबीबीएस उत्तिर्ण गरेका छन् । एमबिबिएस चौथो वर्षको परीक्षा दिनेक्रमाम परीक्षा हलबाट निकालिएका रामजी रामले अन्ततः एमबीबीएस उत्तिर्ण गरेका हुन् ।

उनीहरुले परीक्षा दिन नपाएको विषय सञ्चारमाध्यममार्फत बाहिर आएपछि परीक्षामा सहभागी गराउनुपर्ने भन्दै चौतर्फी विरोध भएको थियो । आइओएमकी डिन डाक्टर दिव्या सिंह शाहले परीक्षा दिने वातावरण बनाइने बताएकी थिइन् । शाहले रामजी र पंकजलाई परीक्षामा सहभागी गराउन नेसनल मेडिकल कलेजलाई निर्देशन दिएपछि कलेजले उनीहरूलाई परीक्षामा सहभागी गराएको थियो ।

एमबीबीएस उत्तिर्ण भइसकेपछि रामजी रामले आजसम्म आफूलाई यो यात्रामा साथ दिनेहरूप्रति आभार व्यक्त गरेका छन् । ‘परीक्षाहरू सकिएको छैन भने म विश्वस्त छु ! किनकि एउटा चिकित्सकको परीक्षा रोगहरू र रोगका कारणहरूले हर हमेशा लिरहको हुन्छ ! जहिलेसम्म जीवन छ तवसम्म परीक्षाहरू कहिले सकिन्न ! जीवनका बाँकि परीक्षाहरूमा यहाँहरूको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार