कर्मचारीको तलब दुई हजार बढ्ने



काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धिको तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसद्मा पेस गर्न लागेको वार्षिक बजेटमार्फत कर्मचारीको तलब वृद्धिको तयारी गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

कर्मचारी, प्रहरी, शिक्षक, सेनालगायतको तलब दुईहजारसम्म बढाउने तयारी अर्थ मन्त्रालयको छ । यसअघि मुख्यसचिव नेतृत्वमा बनेको समितिले पनि तलब बढाउनुपर्ने सुझाव दिएकाले बढाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट आज संसदमा सरकारले सार्वजनिक गर्दैछ । अपराह्न ४ बजे बोलाइएको संसदको बैठकमा अर्थमन्त्री शर्माले बजेट सार्वजनिक गर्नेछन् । करिब साढे १७ खर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार