ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । पालिकामा खसेको ९,५११ मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ४९०९ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज सञ्जेलले ४०५३ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भक्तबहादुर दर्लामी (निसान) मगर ४६९२ मतसहित विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी नमुना दोङले ३७०० मत ल्याइन् । गठबन्धनले पालिकाका ६ वटावडामा जित हासिल गरेको छ भने एक वडामा एमालेले जित हासिल गरेकाे छ । वडा नम्बर ७ मा एमालेका होम प्रसाद बजगाई विजयी भएका हुन् ।

यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेस बीच गठबन्धन भएको थियो । जसमध्ये वडा नम्बर ५ को वडाध्यक्ष माओवादी केन्द्रको भागमा परेको थियो भने अन्य ६ वडा कांग्रेसको भागमा परेको थियो । वडा नम्बर १ को वडाध्यक्षमा ज्ञान बहादुर लो, २ मा राम बहादुर ब्लोन, ३ मा नवराज खड्का, ४ मा राम कुमार लामा, ५ मा नवराज तिमल्सिना, ६ मा नारायण भोम्जन, ७ मा होम प्रसाद बजगाई विजयी भएका हुन् ।





