बालेन शाह केशव स्थापित भन्दा १ सय १६ मतले अघि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।

अहिलेसम्म २२ सय ८३ मतगणनामा बालेन शाहले ७ सय ३६ मत ल्याएर अग्रता लिइर रहेका छन् । उनलाई नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले ६ सय २० मत ल्याएर पच्छ्याइरहेका छन् ।

यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय ३६ मत प्राप्त गरेकी छन् । उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ ।

प्रकाशित मिति : २०७९ बैशाख ३१ गते शनिवार