काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको नतिजा भोलि सार्वजनिक गर्ने भएको छ।
शिक्षकको नयाँ पदपूर्तिको लागि चैत्र १९ गते परीक्षा सञ्चालन गरेको प्रतियोगितात्मक (सामान्य) परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने भएको हो। प्राथमिक तहको १३ हजार २ सय ९७ रिक्त शिक्षक पदका लागि १ लाख १३ हजार ४ सय ४५ जनाले आवेदन दिएका थिए ।
प्रकाशित मिति : २०७९ बैशाख २८ गते बुधवार





