ललितपुर । एमालेले भ्रम फैल्याएको भन्दै बागमती गाउँपालिकाको गठबन्धनले आपत्ति जनाएको छ । सोमबार एमालेले चुनाव प्रचारमा अवरोध गर्दै गाडी तोडफोड गरेको भन्दै मिडियाबाजी गरेपछि गठबन्धनले मंगलबार विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । गठबन्धन शान्तिपुर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको भन्दै भ्रमको खेती बन्द गर्न एमालेलाई विज्ञप्ति मार्फत सचेत गराइएको छ ।
‘भ्रामक समाचार प्रकाशित गरेकोमा हामी गम्भीर आपत्ति जनाउँछौँ,’ गठबन्धनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कपोल्कल्पित समाचार प्रकाशन नगर्न र प्रमाण पेश गर्न चुनौती दिन चाहन्छौं ।‘ चुनावी वातावरण बिगार्न खोजिएको गठबन्धनले आरोप लगाएको छ । निर्वाचन आयोगसंग गठबन्धनले भ्रामक सूचना फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण पनि गराएको छ ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार





