लाइसेन्सको तयारीमा रहेकाहरुलाइ उपयोगी महत्त्वपूर्ण एकसय प्रश्नोत्तर



१. नेपालमा अनिवार्य निशुल्क प्राथमिक शिक्षा सर्वप्रथम कहिले लागू गरिएको थियो ?- वि.स २०२०
२. “जोखिम न्यूनीकरण गर्न सक्षम नागरिक तयार गर्ने” कुन तहको शिक्षाको उदेश्य हो?- राष्ट्रिय उदेश्य
३. नंया शिक्षा लागू हुनुपुर्व नेपालमा बिधालय शिक्षाको संरचना कस्तो थियो ?- ५+३+२
४. सबैका लागि शिक्षा कार्ययोजना (२००१-२०१५) ले कति वटा लक्ष्य निर्धारण गरेको थियो ?- ७ वटा
५. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?– वि.स २०४७ फागुन १४

६. अनौपचारिक शिक्षा ४ तहको हुनुपर्छ भनेर सिफारिस गर्ने आयोग कुन हो?- राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन २०४९
७. मानव अधिकारको विश्वब्यापी घोषणापत्र १९४८ मा कुन शिक्षालाई अनिवार्य गर्नुपर्ने ब्यवस्था छ?- प्रारम्भिक शिक्षा
८. खुला माध्यमिक तहको सम्पर्क कक्षाको बार्षिक समयावधि कति हो?- ३५ दिन, १७५ घन्टा, १४० सत्र
९. नेपालमा अपाङ्गता भएका बालबालिकाहरुलाई एकीकृत शिक्षा दिन स्रोत कक्षाको स्थापना सर्वप्रथम कहिले गरियो?- वि.स २०५०
१०. शिक्षकको पेशागत विकास तालिममा ७४% अङ्क प्राप्त गर्ने शिक्षकको श्रेणी कुन रहने ब्यवस्था छ?- दित्तिय

११. बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका कहिले स्वीकृत गरिएको हो?- वि.स २०६६ चैत २०
१२. कक्षा ६-८ को पाठ्यक्रम अनुसार बार्षिक कति घन्टा पठनपाठन गराउनुपर्ने ब्यवस्था छ?- १०५० घन्टा
१३. “पहिचान खोज्ने उमेर ” कुन हो?- किशोरावस्था
१४. बालबालिकाको एउटा समुहलाई लामो समयसम्म निरन्तर रुपमा गरिने मानव विकास अध्ययन विधि कुन हो?- लम्बिय विधि
१५. अब्राहम मास्लोका अनुसार उत्प्रेरणाको सबैभन्दा माथिल्लो तहमा कुन पर्दछ?- आत्मप्रकटीकरण सम्बन्धि आवश्यकता

१६. विधार्थी संख्या धेरै भएको कक्षामा कुन बसाइको तरिका बढी उपयोगी मानिन्छ ?- यु आकार
१७. नेपालमा विधालय सामाजिक परीक्षणको सुरुवात कहिलेदेखि भएको हो?– वि.स २०६२
१८. कार्यमुलक अनुसन्धान प्रक्रियाको पहिलो चरण कुन हो?- समस्याको पहिचान
१९. शिक्षा ऐन २०२८ अनुसार राष्ट्रिय परीक्षा बोर्डमा जम्मा कति सदस्य रहने ब्यवस्था छ?- १३ जना
२०. शिक्षकले अध्ययन बिदा लिनु परेमा कति बर्ष स्थायी सेवा पूरा गरेको हुनुपर्छ ?- ५ बर्ष

२१. नियुक्तिपत्र लिएको मितिले कति समय भित्र शिक्षक पदस्थापना गरिएको बिधालयमा हाजिर नभएमा बैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सकिने ब्यवस्था छ?- ३० दिन
२२. प्राथमिक शिक्षा परियोजना लागू भएको पहिलो जिल्ला कुन हो?- सुर्खेत
२३. राष्ट्रिय शिक्षा परिषदमा कतिजना सदस्य रहने ब्यवस्था छ?- २३
२४. निर्णयात्मक मुल्यांकनलाई अर्को शब्दमा के भनिन्छ?- Retroactive Evaluation
२५. राष्ट्रिय परीक्षा बोर्डका मनोनीत सदस्यहरुको पदावधि कति रहने ब्यवस्था रहेको छ?– ४ बर्ष

२६. उत्प्रेरणाको दुइतत्वको सिदान्तका प्रतिपादक को हुन?- हर्जवर्ग
२७. बहुकक्षा बहुस्तर विधिलाई नेपालमा लागू गराउन प्राविधिक सहयोग गर्ने संस्था कुन हो?- RIVER
२८. शिक्षक सेवा आयोगका अध्यक्ष र सदस्यको पदावधि कति हो?- ५ बर्ष
२९. मानव विकास क्रमअनुसार कति उमेर समुहको अवस्थालाई प्रारम्भिक बाल्यावस्था भनिन्छ?- २-६ बर्ष
३०. स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको क्रम कुन हो?- आवश्यकता पहिचान, उदेश्य निर्धारण, विषयबस्तु छनोट, सिकाइ उपलब्धि निर्धारण, शिक्षण प्रक्रिया, विधार्थी मुल्यांकन

३१. कार्यमुलक अनुसन्धानको चक्रको चरण कुन हो?- योजना,कार्य,अवलोकन, प्रतिविम्बन
३२. उत्प्रेरणाको जेड सिद्धान्तका प्रतिपादक को हुन?- विलियम आउची
३३. दरबार स्कुलको पहिलो नेपाली हेडमास्टर को हुन?- रुद्रराज पाण्डे
३४. राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा पढाइ सक्षमताको निर्धारण गर्ने कार्य कुन निकायले गर्दछ?- पाठ्यक्रम विकास केन्द्र ३५. ३५. संस्थागत विधालयले विपन्न , अपांग, महिला, दलित वा जनजाति विधार्थीलाई कति % नघट्ने गरि छात्रावृती उपलब्ध गराउनु पर्ने छ?- १०%

३६. शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको पदावधि कति बर्षको हुन्छ?- ५ बर्ष
३७. विधालयको वार्षिक कार्यतालिका निर्माण गर्ने दायित्व कस्को हो?- प्रधानाध्यापक
३८. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार शिक्षामा कति % बजेटको ब्यवस्था गरेको थियो ?- १५%
३९. शिक्षक सेवा आयोग नियमावली २०७५ मा कतिवटा अनुसूचीको ब्यवस्था गरिएको छ?- २ वटा
४०. विकास र परिवर्तन तिब्र हुने अवस्था कुन हो?- योवनअवस्था

४१. मानव विकासको कुन चरणमा बौद्धिक विकास उच्चतम बिन्दुमा पुग्दछ?- किशोरावस्था
४२. औपचारिक शिक्षाको प्रारम्भ पछि आरम्भ हुने विकासात्मक अवस्था कुन हो?- किशोरावस्था
४३. मानव प्रकृतीको अध्ययन नै मनोविज्ञान हो ” यो भनाइ कसको हो?- वोरीङ
४४. आधी तुफानको अवस्था भनेर कुन लाई चिनिन्छ?- किशोरावस्था
४५. मनोविज्ञानको ब्यवहारीक शाखा कुन हो?- शिक्षा मनोविज्ञान

१२. जन्म पुर्वको अवस्थालाई हर्लकले कति चरणमा बाडेकी छ्न?- ३ चरण(जन्मपश्चात ९ चरण)
४६. हर्लकका अनुसार बच्चा जन्मिदा उसको उचाई कति हुन्छ?- २० इन्च(तौल ७.५ पौण्ड)
४७.” शिक्षाको अर्थ देशको तालीम र राष्ट्र प्रतिको माया हो।”यो भनाइ कसको हो?- कौटिल्य
४८. विधालय क्षेत्र विकास कार्यक्रम (SSDP) कुन आर्थिक बर्ष बाट लागू भएको हो?- आ.व २०७३/०७४ देखि
४९. सिर्जनात्मक उमेर भन्नाले कुन अवस्था लाई चिनिन्छ?- उत्तरबाल्यावस्था
५०. मानवतावादी बैज्ञानिक भनेर कसलाई चिनिन्छ?- मास्लो

५१. Zyogote के मा बन्दछ?- Fallopian Tube
५२. DNA ko पूरा रुप के हो?- Deoxyribonucleic Acid
५३. बंशाणुगत निर्धारणका नियमहरु कति छन?-४ वटा
५४. लिङ निर्धारण गर्ने क्रोमोजोम कतिवटा हुन्छन् ?- २ वटा
५५. २३/२३ ओटा क्रोमोजोम मा कति हजार जिन हुन्छ्न?- ४० देखि ६० हजार

५६. “बंशाणुगत गुण पुर्वजबाट सर्ने रोग हो “।यो भनाइ कस्को हो?- Ruth Bendict
५७. “परिपक्वता आफुद्वारा निर्धारीत सिमाभित्र बंशाणुहरुको प्रभावको शुद्द योगफल हो।” यो भनाइ कस्को हो?- गेसेल
५८. Phyligenetic Function के सङ सम्बन्धित छ?- परिपक्वता सङ
५९. Ontogenetic Function के सङ सम्बन्धित छ?- सिकाइको प्रभाव
६०. शिर्षपाद नियम का प्रतिपादक को हुन?- गेसेल

६१. Law of Biometrics का प्रतिपादक को हुन?- Galton
६२. भिन्नताको नियम पत्ता लगाउने ब्यक्ति को हुन?- Darwin and Laymarks
६३. मानव विकास अध्ययन विधि मध्ये लम्बिय विधि को प्रतिपादक को हुन?- Allan A .Stone , Williard Coslan ६४. जान्न, गर्न, बन्न र सङसङै जिउनको लागि सिकाइ भनी गुणस्तरीय शिक्षालाई चार खम्बाको रुपमा परिभाषित कसले गरेको हो?- युनेस्को
६५. गुणस्तरीय शिक्षाको सन्दर्भमा विधालय अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण प्रक्रियालाई बिकेन्द्रीत गरि विधालय र स्थानीय तहबाट प्राविधिक सहायता प्रदान गर्ने निति कुन दस्तावेजमा उल्लेख गरिएको छ?- राष्ट्रिय शिक्षा निति

६६. विधालय स्तरको शैक्षिक गुणस्तरको परीक्षण गर्ने निकाय कुन हो?- शैक्षिक गुणस्तर परीक्षण केन्द्र
६७. शिक्षाको गुणस्तर कायम गर्ने सन्दर्भमा शिक्षक अभिभावक संघको गठन कसले गर्दछ?- बिधालय ब्यवस्थापन समिति
६८. आर्थिक बर्ष २०७६/२०७७ मा कति बिधालयको कार्यसम्पादन परीक्षण गरिएको थियो?- ८९५
६९. शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हाल विधार्थिको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ?- ६ तह
७०. सुशासनका चार खम्बा केके हुन?- पारदर्शिता, उत्तरदायीत्व, सहभागीता, भविष्यपरकता

७१. नेपालको शैक्षिक इतिहासमा शैक्षिक सुशासन कायम गर्ने पहिलो कानुनी दस्तावेज कुन हो?- शिक्षाको इस्तिहार ,१९९६
७२. नेपालमा क्षतिपूर्ति सहितको नागरिक बडापत्र कहिले देखि कार्यान्वयनमा आएको हो?- वि.स २०७०
७३. अभिलेख ब्यवस्थापनको चक्रमा प्रयोग गरिने CARD को पूरा रुप के हो?- Creation, Administration, Retension, And Disposal
७४. नेता जन्मन्छ तर बनाइदैनन भन्ने भनाइ कुन सिधाान्त सङ सम्बन्धित छ?- गुणमुलक
७५. गुणमुलक नेतृत्व सिद्धान्तका प्रतिपादक को हुन?- चेस्टर बर्नाड

७६. शिक्षकको लागि कार्यमैत्री वातावरण र बिद्यार्थीका लागि उपयुक्त सिकाइ वातावरण सिर्जना गर्ने कुन नेतृत्वको विशेषता हो?- शैक्षणिक नेतृत्व
७७. “मानवजातिको सम्पुर्ण ज्ञान र अनुभवको उच्चतम बिन्दु नै पाठ्यक्रम हो ” यो भनाइ कस्को हो?- फ्रोबेल
७८. Curriculum शब्दको प्रयोग कुन शताब्दीमा भएको हो?- १९ औ शताब्दी
७९. प्रशिद्द शिक्षाविद हिल्डा टावाका अनुसार पाठ्यक्रमका तत्व कति वटा छन?– ५ वटा
८०. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको हो?– वि.स २०७६ भाद्र २०

८१. राष्ट्रिय पाठ्यक्रम प्रारुप,२०७६ तयार पार्दा कतिवटा विषयगत क्षेत्रगत समूह गठन भइ प्रारम्भिक मस्यौदा गरिएको थियो ?– ७ वटा
८२. “कुनैपनी प्रक्रियाको मूल्य निर्धारण गर्ने प्रक्रियालाई मुल्यांकन भनिन्छ।” यो भनाइ कस्को हो?- Dictionary of Good
८३.” पाठ्यक्रम सिकाइको एक योजना हो ” यो भनाइ कस्को हो?- हिल्डा टावा
८४. सम्पती तथा पारिवारिक मामिलामा दम्पतीको समान हक हुनेछ, भनी कुन मौलिक हकमा उल्लेख छ?- महिलाको हक
८५. “शिक्षा जीवन हो, जीवनको तयारी होईन ” यो भनाइ कस्को हो?- जोन डिवे

८६. S.L.C लाई कहिले SEE मा रुपान्तरण गरियो?- वि.स २०७३
८७. खेल उमेर भन्नाले कुन अवस्थालाई भनिन्छ?- पुर्वबाल्यावस्था
८८. खेलौनाको उमेर भन्नाले कुन अवस्थालाई बुझिन्छ?- उत्तरबाल्यावस्था
८९. प्रत्येक ब्यक्तिलाई निज बिरुद्द गरिएको कारबाहिको जानकारी पाउने हक हुनेछ ।योकुन मौलिक हक अन्तर्गत पर्दछ?- न्याय सम्बन्धि हक
९०. अब्राहम मास्लोको अनुसार उत्प्रेरणाको सबैभन्दा माथिल्लो तह के हो?- आत्मसन्तुष्टि

९१. नंया अक्षराङ्कन पद्धति २०७८ पहिलो संशोधन कहिले भयो ?– वि.स २०७८/११/१८
९२. Wood Worth का अनुसार स्मृतिका तत्वहरु केके हुन?- स्थापना ,धारणा, पुन स्मरण , पहिचान
९३. पुर्व बयसन्धीको अवस्था भनेर कुन अवस्थालाई चिनिन्छ?- उत्तरबाल्यावस्था
९४. प्रेरणा सम्बन्धि Z सिद्धान्तका प्रतिपादक को हुन?- आउची
९५. कक्षा ४ र ५ मा निशुल्क पाठपुस्तक बितरण गर्ने ब्यवस्थाको थालनी कहिलेबाट भयो?- वि.स २०४४

९६. दरबार हाइस्कुललाई भानु मावी नामाकरण कहिले गरियो?– वि.स २०३५
९७. शिक्षा ऐनको ९ औ संशोधन कहिले भएको हो?- वि.स २०७४/०७/०६
९८. परियोजना विधि सर्वप्रथम कसले प्रतिपादन गरेको हो?- Wiiliam. H.Killpatric
९९. नेपालमा अपाङ्गता भएका बालबालिकाहरुको लागि समावेशी शिक्षा निति कहिले स्वीकृत भयो ?-वि.स २०७३ पुस २६ १००. नेपालको सन्दर्भमा प्राथमिक तहका लागि सबैभन्दा बढी उपयोगी शैक्षणिक सङगठन कुन हो?- बहुकक्षा शिक्षण

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार