हँसिया हथौडामा भोट मागेर रामचन्द्र पौडेल हिडुन अरु काग्रेस हिड्दैन् :लक्ष्मण घिमिरे



नेपाली काग्रेसका पुराना नेता लक्ष्मण घिमिरेले आसन्न निर्वाचनमा काग्रेसले नेकपा माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरुसँग गर्न खोजिरहेको गठबन्धनको बिषयमा चर्को असन्तुष्टि जनाएका छन् ।

कुनै पनि काग्रेसको कार्यकर्ताले हसिँया हथौडामा भोट माग्ने र भोट हाल्ने काम गर्न नसक्ने भन्दै घिमिरेले केन्द्रबाटै गठबन्धनको निर्णय लादिएमा स्वस्फूर्त रुपमा उलंघन हुने चेतावनी दिएका छन् । माओवादीलाई काग्रेसले अंशं दिन नसक्ने भन्दै घिमिरेले आक्रोश पोखेका छन् ।

ओटिभी नेपाल डट कमको स्थानिय निर्वाचन बिशेष कुराकानीमा पूर्व मन्त्री र विगतमा नेपाली काग्रेसको प्रमुख सचेतको समेत भूमिका निर्वाह गरिसकेका घिमिरेले देशभरीका काग्रेस कार्यकर्ता र शुभचिन्तक सबैको एउटै मत रुख चिन्हमानै भोट हाल्न पाउँनु पर्छ भन्ने रहेको भन्दै कार्यकर्ताको भावानालाई कुल्चीएर नेतृत्व हिँडेमा प्रत्युत्पादक हुने चेतावनी दिएका छन् ।

तपाईलाई जय नेपाल भनेर भनौँ कि लाल सलाम भनौँ? भन्ने ओटिभी नेपालको प्रश्नमा घिमिरेले कुनै समय माओवादीलाई समेत जय नेपाल लक्ष्मण दाई भन्न लगाउँने मान्छे आफुनै भएको बताए । माओवादी सँग तपाईको पार्टीको पार्टीले गठबन्धन गरेर चुनाव गर्दैछ लाल सलाम भन्दा पनि होलानी !हसिँया हथौडामा भोट माग्न हिड्ने होइन तपाई ? भन्ने प्रश्नमा घिमिरेले रोचक जवाफ दिएका छन् ।

घिमिरेले हसिँया हथौडामा भोट मागेर हिड्ने काम रामचन्द्र पौडेलको भएको बताएका छन् । ‘पार्टी सभापती शेरबहादुर देउवा र रामचन्द्र पौडलजीलाई सबैभन्दा धेरै गठबन्धन चाहिएको छ , देउवाजी प्रधानमन्त्री भएको कारण आचारसंहिता लाग्नेहोला भोट माग्न हिड्न नमिल्ला हसिँया हथौडामा भोट मागेर हिड्ने काम रामचन्द्र पौडेलले गरुन अरु काग्रेसले गर्दैनन्’ । घिमिरेले भनेका छन् ।

काग्रेसको हात रुख चिन्ह बाहेक अरु चिन्हमा नजाने भन्दै उनले मतपत्र छापिसकिएको र गठबन्धन गरेर अरु पार्टीको उमेदवारलाई नेतृत्वले भाग दिने सहमती गरेछ भने पनि धेरै काग्रेसजनले रुखमानै भोटा हाल्ने दाबी उनले गरेका छन् । अघिल्लो पटकको निर्वाचनमा भरतपुरमा १२ हजार मत उमेदवार नभए पनि रुखमा आएको उनले स्मरण गरेका छन् ।

पुराना काग्रेस नेता घिमिरेले आफुले पनि सातवटै छाप रुख चिन्हमा हाल्ने उद्घोष गरेका छन् । उनले अरु सबै काग्रेस जनलाई पनि रुख चिन्हमै भोट हाल्न अपिल गरेका छन् । काग्रेस भएर रुख चिन्हमा भोट हाले बापत के कारबाही हुने हो आफु भोग्न तयार रहेको चुनौती पनि पार्टी सभापती शेरबहादुर देउवालाई दिएका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार