टिकट माग्न बालुवाटार पुगे चिरिबाबु



काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरूले मान्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले भने, ‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौं। ललितपुर हामी छोड्दैनौं। हामीले त जितेको ठाउँ हो नि त। छोड्ने भन्ने त प्रश्नै आउँदैन। मेयर उपमेयर हामी राख्छौं। २९ वडामा १९ वडा भागबन्डा गर्छौं। १० वडा हामी नै राख्छौं। भागबन्डा गर्दाखेरी हामी घटीमा पनि ५० प्रतिशत लिन्छौं। मैले पाउँछु फरकै पर्दैन। जितेको मेयर मै हुँ। जित्ने पनि मै हुँ। गठबन्धनमा जे निर्णय हुन्छ हामी अक्षरशः पालना गर्छौं।’

उनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू भएको पनि बताए । आफूले नै मेयरको टिकट पाउने समेत उनले दाबी गरे । यद्यपी महर्जनले दाबी गरे जस्तो ललितपुर महानगरमा उनले टिकट पाउने सम्भावना भने न्यून रहेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् । यसअघि बाज िथापेर टिकट हातपारेका महर्जन यसपटक पनि देउवाको निगाहमा मेयरको टिकट फुस्काउने कसरतमा छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार