फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १६० रुपैयाँ



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनस् बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजे देखि लागू हुनेगरी मूल्य बढाएको हो । निगम संचालक समितिको बैठक मंगलबार बसेको थियो । उक्त बैठकले राति १२ बजेदेखि नै लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूलय बढेकाले नेपालमा पनि बढाउन बाध्य परेको निगमले जनाएको छ । यो सँगै अब पेट्रोल प्रतिलिटर रु १६० पुगेको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढेको हो । त्यस्तै डिजेलको पनि खुद्रा मूल्य १६० (प्रतिलिटर) र मट्टीतेल १४३ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तैगरी हवाई इन्धन (आन्तरिक)मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा अमेरिकी डलर ५० ले बृद्धि भइ प्रतिकिलोलिटर अमेरिकी डलर १,५४५ कायम भएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २३ गते बुधवार