सशस्त्र प्रहरीमा डीआईजीको बढुवा प्रक्रिया शुरु, आवेदन ३ दिनभित्र दिनुपर्ने



काठमाडौं । सशस्त्र प्रहरीमा स्वास्थ्यतर्फका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा प्रक्रिया शुरु भएको छ । गृह मन्त्रालय रिक्त रहेको डीआईजी पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) रामशरण पौडेलले प्राविधिक समूह, स्वास्थ्यतर्फ डीआईजी बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् ।

एआईजी पौडेलले जारी गरेको सूचनामा तीन दिनभित्र प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिसहित मूल्यांकन फाराम गृह मन्त्रालय, बढुवा समितिको सचिवालयमा पेश गर्न भनिएको छ । एआईजी पौडेल गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको सदस्य सचिव हुन् ।

बढुवाका लागि प्रकाशित सूचना

प्रकाशित मिति : २०७८ फाल्गुन २१ गते शनिवार