शिक्षक सहितको दरबन्दी मिलान अब राहत र अस्थायी शिक्षकबाट गरिने



काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म १४ सय ८४ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । केन्द्रले जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो ।

अहिले सम्म आठ चरण गरेर १४ सय ८४ वटा शिक्षक दरबन्दी मिलान भईसकेको छ । त्यस मध्ये १२२ शिक्षक दरबन्दी स्थानीय तह आफैले शिक्षा विकास तथा समन्वय इकाइको सहमतिमा दरबन्दी मिलान भएको शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले बताए ।

एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा पठाउनु पर्ने जम्मा ३,३३९ वटा खुदपुल दरबन्दी मध्ये १४ सय ८४ मिलान भइसकेको र १८ सय ५५ दरबन्दी मिलानको प्रकृयामा रहेको कोइरालाले जानकारी दिए ।

हालसम्म रक्ति दरबन्दी , राहत र स्वइच्छीक रुपले निवेदन दिएकाहरुको मात्र दरबन्दी मिलान गरीएको छ । यदी शिक्षक सहित दरबन्दी मिलान गर्नुपर्ने अवस्था भएमा राहत र अस्थायी शिक्षकहरुबाट मिलान गर्ने तयारी भएको शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक कोइरालाले बताए । यसका लागि राहत र अस्थायी शिक्षकहरुको विवरण माग गरीएको उनले जानकारी दिए ।

शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १७ गते मङ्गलवार