च्याम्पियन्स लिगमा आज पनि ८ खेल हुँदै



काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज बुधवार पनि आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे जेनित र चेल्सी तथा युभेन्ट्स र माल्मो खेल्दैछन् । यो समूहबाट युभेन्ट्स र चेल्सी अन्तिम १६ मा पुगिसकेका छन् ।

यस्तै राति पौने २ बजे एट्लान्टा र भिलारियल तथा म्यानचेस्टर युनाइटेड र योङ ब्वाइज खेल्दैछन् । यो समूहबाट युनाइटेड अन्तिम १६ मा पुगिसकेको छ, आजको खेलपछि बाँकी अर्को टोलीको टुङ्गो लाग्नेछ ।

यस्तै पौने २ बजे नै बार्यन म्युनिख र बार्सिलोना तथा बेन्फिका र डाइनाभो किभ खेल्दैछन् । यो समूहबाट बार्यन अन्तिम १६ मा पुगिसकेको छ । अन्तिम १६ मा पुग्न आज बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । तर बार्सिलोना बार्यनसँग पराजित भए पनि डाइनाभोले बेन्फिाकालाई हराएमा बार्सिलोना नै अन्तिम १६ मा पुग्नेछ । तर बार्सिलोना पराजित हुने र बेन्फिकाले डाइनाभोलाई हराएमा बार्सिलोना बाहिरिनेछ, बेन्फिका अन्तिम १६ मा पुग्नेछ ।

यस्तै आजै सेभिल्ला र आरबी साल्जबर्ग तथा वल्भ्सवर्ग र लिले खेल्दैछन् । यो समूहबाट सबै टिमको अघिल्लो चरणमा पुग्ने सम्भावना रहेको छ । ३२ टिममध्ये अन्तिम १६ मा पुग्ने १२ वटा टिमको टुङ्गो लागेको छ, बाँकी चार वटा टोलीको टुङ्गो आज लाग्नेछ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २२ गते बुधवार