देउवाले सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै भनेपछि तनावमा माधव-प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन राष्ट्रिय सभा चुनावसम्मका लागि मात्रै रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले राष्ट्रिय सभा चुनावपछि गठबन्धन के हुने भन्नेबारे छलफल नभएको बताएका हुन् ।

आउँदो माघ १२ गते राष्ट्रिय सभाको चुनाव हुँदैछ । राष्ट्रिय सभाका २० सदस्यको पदावधि आउँदो फागुन २० गते सकिँदैछ । २० सदस्यमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुने छन् भने १९ पदका लागि चुनाव हुनेछ । यस्तै, नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एक पटक फेरि आफूले सभापति भएर काम गर्न चाहेको बताएका छन् । यसका लागि सहयोग गरिदिन उनको आग्रह छ ।

यस्तै, कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेकाले कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने पनि उनको भनाइ छ । उनले शक्ति प्रदर्शन गरेर नागरिकलाई दुःख दिने पक्षमा नरहेको बताए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार