टोटनह्यामसँग नर्विच सिटी ३-० गोल अन्तरले पराजित



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले नर्विच सिटीलाई हराएको छ । गएराति भएको खेलमा टोटनह्यामले नर्विच सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै १४ खेलमा २५ अङ्क जोडेको टोटनह्याम पाँचौँ स्थानमा उक्लिएको छ । नर्विच १० अङ्क जोडेर पुछारमा रहेको छ ।

यस्तै, गएरातिकै अर्को खेलमा एस्टोन भिल्लाले लेस्टर सिटीलाई २-१ गोल अन्तरले हराएको छ भने लिड्स युनाइटेड र ब्रेनफोर्डले २-२ गोलको बराबरी खेलेका छन् । जित पछि एस्टोन भिल्ला १९ अङ्कसहित १०औँ स्थानमा उक्लिएको छ भने लेस्टर सिटी ११औँ स्थानमा झरेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार