प्रहरीमा यसरी हुनेछ सई, हवल्दार र सिपाहीको बढुवा, थपियो वरिष्ठ हवल्दार र वरिष्ठ सई पद



काठमाडौं । प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी थालेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार नियमावली कार्यन्वयनमा आएसँगै ९८२ जनालाई वरिष्ठ नायब निरीक्षक, ४ हजार ३५५ जनालाई वरिष्ठ हवल्दार र १२ हजार १७४ जनालाई सहयाक हवल्दारमा बढुवा हुनेछन् ।

प्रहरी प्रधान कार्यालयले बनाँउदैं गरेको मापदण्ड अनुसारमा पहिलो प्राथमिकता जेष्ठतालाई दिएको छ । पहिलो प्राथमिकतामा सिनियर ब्याचको टोली पर्नेछ । यसरी बढुवागर्दा तल्लो तहमा कारबाही भइरहेकाहरुका सख्या धेरै भएमा त्यसका बिषयमा समेत कानून अनुसार पूर्नबिचारको तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ ।

प्रहरीले संशेधित नियमावली अनुसार पाएको अधिकार अनुसार पहिलो चरणमा २५ प्रतिशत सई (९८२) र वरिष्ठ हवल्दार र सहायक हवल्दारमा ३० प्रतिशत (४३५५ र १२१७४) जनाको बढुवा हुनेछन् ।

संशोधित नियमावली अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक ३ वटा दर्जा सृजना भएको हो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार