एल क्लासिको : घरेलु मैदानमा बार्सिलोनाकाे लज्जास्पद हार



एजेन्सी । स्पेनिस ला लिगामा आइतबार सम्पन्न एल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । खेलमा घरेलु टोली बार्सिलोना मड्रिडसंग २–१ गोल अन्तरले हारेको छ। क्याम्प नोउमा सम्पन्न भएको खेलको ३२ औं मिनेटमा रोड्रिगोको पासमा डेबिड अलाबाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए।

लुकास भाजक्वेजले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाए। यस लगत्तै बार्सिलोनाका सर्जियो अग्युरो गोल गर्न सफल भए। रियलले २–१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो। ९ खेलबाट २० अंक जोडेको मड्रिड अंकतालिकाको शीर्षस्थानमा छ । यस्तै समान खेलबाट १५ अंक जोडेको बार्सिलोना ९ औं स्थानमा छ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार