स्पेनिस ला लिगा : रियल म्याड्रिड एस्पान्योलसँग पराजित



एजेन्सी । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिड एस्पान्योलसँग पराजित भएको छ । गएराति भएको खेलमा एस्पान्योलले रियललाई २-१ गोल अन्तरले पराजित गरेको हो । एस्पान्योललाई जित दिलाउनको लागि राउल डे टोमस र एलेक्स भिडालले समान एक–एक गोल गरे । रियलको लागि करीम बेन्जेमाले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा टोमसले गोल गर्दै एस्यान्योललाई अग्रता दिलाएका थिए । उनले एड्रियन एम्बार्बाको पासमा गोल गरेका थिए । ६० औं मिनेटमा एलेक्स भिडालले गोल गर्दै एस्पान्योलको अग्रता दोब्बर बनाए । उनले
केइदी बारेको पास गोल गरेका थिए ।

७१ औं मिनेटमा बेन्जेमाले गोल गर्दै २-१ को अवस्थामा ल्याए । उनले लुका जोभिचको पासमा गोल गरेका थिए । नयाँ सिजनमा यो रियललको पहिलो हार हो । यस हारका बाबजुद पनि रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा कायम छ । रियलले ८ खेलमा ५ जित, २ बराबरी र १ हारसहित १७ अंक जोडेको छ । समान अंक जोडेको एटलेटिको गोलअन्तरमा पछि परेको छ ।

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार