इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई एक शून्यले हराएको छ । आज भएको खेलमा शीर्ष स्थानको चेल्सीलाई हराउन म्यानचेस्टर सिटीका गाब्रियल जिससले गरेको एक गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ५३ औं मिनेटमा जिससले गोल गरी म्यानचेस्टरलाई अग्रता दिलाएका थिए । चेल्सीको यो सिजनको पहिलो हार हो । जितपछि म्यानचेस्टर सिटीले ६ खेलमा १३ अङ्क जोडेको छ । चेल्सीको पनि समान खेलमा १३ अङ्क नै छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार