च्याम्पियन लिग : यी हुन् एकै खेलमा ४ गोल गर्न सफल १६ खेलाडी !! सुची सहित



काठमाडौं । च्याम्पियन लिग डेब्यु गरेका आयक्स फुटबलका सेबास्टियन हल्लरले स्पोर्टिंग क्लब विरुद्ध ४ गोल गर्दै यूरोपियन च्याम्पियन लिगमा एकै खेलमा ४ गोल गर्ने खेलाडीको सुचीमा आफुलाई स्थापित गरेका छन् ।

विश्व फुटबलका बरिष्ठ १६ फुटबलरले मात्र च्याम्पियन लिग दौरान एकै खेलमा ४ गोल गरेको तथ्यांक रहेको छ । सन् १९९२ मा मार्को भ्यान बास्टेण पश्चात पहिलो पटक हल्लरले एकै खेलमा चार गोल गर्दै डेब्यु मै ४ गोल गर्ने खेलाडीको इतिहास दोहोर्याएका हुन् । एकै च्याम्पियन लिग खेलमा ४ गोल गर्ने खेलाडीमा उनि नै १६ औ खेलाडी हुन् ।

अन्य १६ खेलाडीको सुची बाहेक विश्व फुटबल मै सर्वाधिक धेरै यूरोपियन च्याम्पियन लिग खेल खेल्ने खेलाडीमा यसै पटक युनाइटेड प्रवेश गरेका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पुर्बी मड्रिड स्टार आइकर क्यासिलाससंग रेकर्ड बराबरी गरेका छन् । उनैले यूरोपियन च्याम्पियन लिगको सर्वाधिक धेरै गोल गर्ने खेलाडीको रेकर्डमा थप गोल थपेका छन् । उनले हालसम्म १३५ यूएफा च्याम्पियन लिग गोल पुरा गरेका छन् ।

हुन त एकै खेलमा सबै भन्दा धेरै गोलको संख्या ४ गोल भने होइन । सन् २०१२ मा अर्जेन्टिनी फुटबलर लिओनेल मेस्सीले निबर्तमान क्लब बार्सिलोनाबाट लेभरकुजेन विरुद्ध एकै खेलमा ५ गोल गरेका थिए । बार्सिलोनाको घरेलु मैदानमा लिओनेल मेस्सीले उक्त जर्मन क्लब विरुद्ध सानदार ५ गोल गरेका थिए । विषय सन्दर्भ विश्व फुटबलका १६ खेलाडी जसले एकै खेलमा ४ गरेका थिए, उनै खेलाडीको सुची यस प्रकार रहेको छ ।

१ मार्को भ्यान बास्टेन (ए.सी मिलानबाट), २ सिमोन इन्जाघी (लासियो), ३ डाडो प्रसो (मोनाको), ४ निल भ्यान निस्टेलरोय (म्यानचेस्टर युनाइटेड) , ५ आन्द्रिय शेवचेंको (ए.सी मिलान), ६ लिओनेल मेस्सी (बार्सिलोना)

७ बाफेटिम्भी गोमिस (लियोण), ८मारियो गोमेज (बयार्ण म्युनिक), ९ रोबर्ट लेवन डस्की (दुइ क्लबबाट नै ४ गोल गर्न सफल डर्टमण्डबात साथै बायर्न म्युनिकबाट) १० जलाटन इब्राहिमोबिच (पेरिस सेन्ट जर्मेन) ११ लुइज एड्रियानो (शक्तर )

१२ क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड), १३ सर्ज जिनाब्री (बायर्न म्युनिक), १४ जोसिप इलिचिक (एटलान्टा), १५ ओलिभर जिरुड (चेल्सी), १६ सेबास्टियन हल्लर (आयक्स)

प्रकाशित मिति : २०७८ असोज ६ गते बुधवार