देउवाले संसद विघटन गर्ने डेट फिक्स, अब के होला प्रचण्डहरुको हालत ?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पनि संसद विघटन गर्ने भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाई हुन्, न्युनतम शाझा कार्यक्रम कार्यान्यनमा बाधा आउनु लगायतका कारण देखाउँदै प्रधानमन्त्री देउवाले संसद विघटन गर्न लागेका हुन् ।

सरकार चलाउन नसकेर चेपुवामा परेका देउवाले संसद विघटन गरी अर्ली इलेक्सन घोषणा गर्न उत्तम साइत कुरी रहेका छन् । नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश नै अहिले सत्तारुढ गठबन्धनलाई गलपासो बनेपछि देउवाले मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । यथाअवस्थामा मन्त्रीपरिषद विस्तार गर्दा जसपा, माओवादी केन्द्र र काग्रेससमेत विभाजन हुने करिब पक्का जस्तै देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले सरकार विस्तार गरौँ भनेर देउवालाई अनुरोध गरेका छन् तर जसपाका बावुराम भट्टराई र उपेन्द्र यादवले अहिले विस्तार नगर्न देउवालाई खबरदारी गरिरहेका छन् ।

उपेन्द्र बावुरामको कुरा माने जस्तो गरेर देउवाले पनि मन्त्रीपरिषद् अहिले विस्तार नगर्ने भएका छन्, देउवाको दाउ भने अर्कै रहेको चर्चा राजनीति बजारमा व्यापक रुपमा चलेको छ । जति छिटो अर्ली इलेक्सनमा जानका लागि देउवाले हतार गरिरहेको श्रोतको दावि छ ।

सरकार चलाएको दुई महिनामै धेरै आलोचित भएको र अब लामो समय थेग्न नसकिने निचोडमा देउवा पुगेका छन् । उनलाई कांग्रेसका सिनियर नेताहरुले पनि त्यहि सुझाव दिइरहेका स्रोतको दावी छ । अर्लि इलेक्नसकै लागि उपयुक्त साइत हेर्नसमेत देउवाले ज्योतिषलाई भनिसकेकोसम्म चर्चा बजारमा छ ।

सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश सदनमा पेस भएको छ । सदनमा पेस भएको अवस्थामा राष्ट्रपति मार्फत फिर्ता गराउँन सक्ने अवस्था छैन । पास गराउँदा पनि सबै पार्टी फुट्ने र सरकारसम्म विस्तार गर्न नसक्ने अवस्था आएको छ । अध्यादेश स्वत निस्क्रिय हुनको लागि कार्तिक २० गतेसम्म कुर्नु पर्ने छ ।

देउवाले सरकार विस्तार गर्न कार्तिक २० गतेसम्म कुर्नु पर्ने अवस्था देखिन्छ । केहि दिनमा सानो आकारमा मात्रै मन्त्रीपरिषद विस्तार गर्ने होकी भन्दै देउवाले मुड बनाएका छन् तर यस बिषयमा पनि गठबन्धमा एक मत हुन सकेको छैन ।

उच्च स्रोतले दिएको जानकारी अनुसार मन्त्रीपरिषद विस्तार गर्न त ४ महिना लाग्ने भएपछि यस्तो गठबन्धनसँग सहकार्य गरेर कसरी पार लाग्छ रु भन्दै देउवा बेस्करी रिसाएका छन् । त्यसकारण स्थितीमा कुनै आमुल परिवर्तन भएन भने कार्तिक २० भन्दा अगाडीनै देउवाले अर्ली इलेक्सन घोषणा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार