काठमाडौं । लगातार पोजेटिभ सर्किट लागेर बढेको सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्य घटेसंगै बेच्नेको घुईचो लागेको छ । आज १२ः३० बजेसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ घटेर प्रतिकित्ता ६९८ मा झरेको छ ।
अहिलेसम्म १० हजार १६० करोबारबाट १ लाख ५५ हजार ९२७ कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सानिमा लाइफ अहिलेसम्म पहिलो स्थानमा छ । अहिलेसम्मको कम्पनीले ११ करोड ३५ लाखको कारोबार गरेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार





