एस्टन भिल्लामाथि चेल्सीको सानदार जित, लुकाकु चम्किए



एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीमा सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले एस्थन भिल्लामाथि ३–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई सानदार जित दिलाउनको लागि बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल गरे भने एक गोल माटियो कोभासिसले थपे । खेलको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । उनले माटियो कोभासिसको पासमा गोल गरेका थिए ।

४९औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सानदार जित दिलाए । उनले कप्तान सेसर एज्पिलिक्वेटाको पासमा गोल गरेका थिए ।

यो जितसँगै चेल्सीले शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी बनाएको छ । गोल अन्तरमा चेल्सी दोस्रो स्थानमा रहेको छ । अपराजित रहेको दुवै टोलीको समान ४ खेलबाट १० अंक छ । पराजित एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार