सानिमा लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विहिबार ११ः४५ बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशत बढेसंगै कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसंगैं कम्पनीको शेयर मूल्य ४९.७० रुपैयाँले बढेर ५४७.१० रुपैयाँमा पुगेको छ । कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँमा भएको थियो ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार