रोनाल्डोलाई ७ नम्बर जर्सी दिन यसरी ‘प्रिमियर लिगको नियम’ नै परिवर्तन गरियो



एजेन्सी । दोस्रोपटक इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जर्सी नम्बरको अन्योल अब सकिएको छ । उनले आफ्नो ब्रान्ड अर्थात् आइकनिक ७ नम्बर जर्सी नै युनाइटेडमा पनि पाउने करिब पक्का भएको छ । प्रिमियर लिगको नियमअनुसार यसअघि उनले सो जर्सी पाउने स्थिति थिएन । तर, उनलाई सो जर्सी दिलाउन क्लब युनाइटेडको विशेष अनुरोधमा प्रिमियर लिगले नियम नै परिवर्तन गरेर ९नयाँ नियम बनाएर० रोनाल्डोले ७ नम्बर जर्सी लगाउने बाटो खुला गरिदिएको हो । यस्तो अभ्यास सो लिगमा यसअघि कहिल्यै पनि भएको थिएन ।

प्रिमियर लिगको नियमअनुसार कुनै क्लबमा एक खेलाडीले लगाउने जर्सी ती खेलाडी क्लबमै रहिरहेको अवस्थामा ती खेलाडीले लगाउने जर्सी अन्य खेलाडीलाई दिन मिल्दैन । ती खेलाडीको सरुवा भए वा मृत्यु भए वा सन्यास लिए मात्रै सो जर्सी अन्य खेलाडीले लगाउन पाउँछन् । युरोपका अन्य लिगमा क्लबले चाहे एक खेलाडीको जर्सी अर्को खेलाडीलाई दिन ९साटफेर० वा नयाँ आउनेलाई दिन सजिलै पाउँछ । र, त्यसलाई लिगले प्रमाणित मात्रै गर्छ । तर, प्रिमियर लिगमा कुनै खेलाडीको सरुवा नभाई वा मृत्यु नभई वा सन्यास नलिई सो जर्सी अन्य खेलाडीलाई दिन मिल्दैन ।

यसअघि कहिल्यै पनि यस्तो अभ्यास प्रिमियर लिगमा भएको थिएन । तर, प्रिमियर लिगले रोनाल्डोकै लागि भनेर ‘नयाँ नियम सिर्जना’ गरेर रोनाल्डोलाई ७ नम्बर जर्सी दिन बाटो खुला गरेको छ । प्रिमियर लिगले ‘विशेष आवश्यकता वा परिस्थिति आइपरे यदि कुनै क्लबले खेलाडीको जर्सी परिवर्तनका लागि लिग समक्ष अनुरोधपत्र दर्ता गराउँछ भने र कारण चित्तबुझ्दो ठहरिए प्रस्तावलाई प्रमाणित गर्न सकिने’ भन्ने नयाँ नियम लागू गरेको इंग्लिस मिडियाले ताजा रिपोर्टमा बताएका छन् । युनाइटेडले यही नयाँ सुविधा प्रयोग गरेर रोनाल्डोको जर्सी परिवर्तनका लागि प्रिमियर लिग समक्षा अनुराध दर्ता गराएको थियो ।

७ नम्बर रोनाल्डोको आइकनिक जर्सी हो । उनले आफ्नो करिअरको अधिकांश समय सोही जर्सी लगाए । उनले युनाइटेडमा छँदा सोही जर्सी लगाए भने पछि स्पेनिस रियल मड्रिड र युभेन्टसमा पनि ७ नम्बर नै जर्सी लगाएका थिए । यही जर्सी नम्बरसँग सम्बन्धित रोनाल्डोको ठूलो व्यापार–बिजनेस पनि भएकाले उनले यो जर्सी लगाउनेमा शंका छैन । रोनाल्डोलाई नम्बर जर्सी नै दिन सके आफ्नो जर्सीको व्यापारमा पनि ठूलो प्रगति हुने क्लब युनाइटेडले राम्रोसँग बुझेको छ । र, यसबाट प्रिमियर लिगलाई पनि मनग्ये पुग्नेछ । रोनाल्डोको ७ नम्बर जर्सीकै कारण प्रिमियर लिगको चर्चा र लोकप्रियता थप बढ्नेछ भने जर्सी व्यापारबाट लिगले पनि केही प्रतिशत रकम पाउँछ ।

युनाइटेडमा यो जर्सी रोनाल्डोले पाउन सजिलो थिएन । यो जर्सी अहिले पनि उरुग्वेन फरवार्ड इडिन्स काभानीले लगाइरहेका छन् । तर, रोनाल्डोको अनुबन्धपछि उनले यो जर्सी उनले छाड्नुपर्ने भएको छ । र, काभानीले पनि यसमा सहमति दिइसकेका छन् । तर, यसका लागि युनाइटेडले एक खेलाडीको सरुवा गराएर काभानीलाई २१ नम्बर जर्सी दिने पक्का गरेको छ । काभनीले उरुग्वेमा पनि २१ नम्बरकै जर्सी लगाउँछन् । २१ नम्बर जर्सी पाउने सर्तमा मात्रै काभानीले ७ नम्बर जर्सी छाड्न सहमत भएका हुन् । काभानीलाई उनले विकल्पमा रोजेको जर्सी दिन युनाइटेडले टोलीमा २१ नम्बर जर्सी लगाउने युवा खेलाडी ड्यानिएल जेम्सलाई लोन डिलमा प्रिमियर लिगकै लिड्स युनाइटेडमा पठाइसकेको छ । र, उनले लगाउने जर्सी अब काभानीलाई दिइनेछ ।

यसो गर्दा काभानीले उरुग्वे र युनाइटेड दुवै टोलीमा अब एकै जर्सी लगाउनेछन् । अनि काभानीबाट खाली गराइएको ७ नम्बर जर्सी रोनाल्डोले लगाउनेछन् । यो गर्न पनि सजिलो थिएन । यसका लागि युनाइटेडले प्रिमियर लिगसँग जर्सी परिवर्तनका लागि विशेष अनुरोध फाइल दर्ता गराएपछि यो बाटो खुलेको हो । नत्र, प्रिमियर लिगको नियमअनुसार एकै नम्बरको जर्सी दुई खेलाडीलाई दिन मिल्दैन । युनाइटेडले काभानीको सरुवा नगराउने भएपछि नयाँ बाटो खोज्नु परेको हो । काभानी युनाइटेडकै खेलाडी रहिरहने अवस्थामा ७ नम्बर जर्सी रोनाल्डोलाई दिन नपाइने भएकाले रोनाल्डोकै लागि भनेर काभानीको जर्सी खाली गराउन ९परिवर्तन गर्न० पनि क्लबले प्रिमियर लिग समक्ष विशेष अनुरोध दर्ता गराएको थियो । जसमा प्रिमियर लिगले नयाँ नियम बनाएर रोनाल्डोले ७ नम्बर जर्सी लगाउने बाटो खुला गरेको हो ।

यता, प्रिमियर लिगले पनि रोनाल्डोलाई युनाइटेडका नयाँ खेलाडीका रूपमा दर्ता गरिसकेको छ । उसले रोनाल्डाले पाउने ७ नम्बरकै जर्सी राखेर रोनाल्डोको व्यक्तिगत बायोटा उल्लेख गर्दै सरुवालाई प्रमाणित गरिसकेको इंग्लिस मिडयाले जनाएका छन् भने प्रिमियर लिगको वेबसाइटमा पनि रोनाल्डोको जर्सी नम्बर र दर्ताको जानकारी दिइएको छ । युनाइटेडले अब ड्यानिल जेम्सको सरुवा गरेर उनीबाट खाली भएको २१ नम्बर जर्सी काभानीलाई दिने निर्णय भएको कुरा लिग समक्ष पठाएपछि प्रिमियर लिगले काभानीको नयाँ जर्सी नम्बर दर्ता गर्नेछ ।

यता, हाल विश्वकप छनौटमा पोर्चुगलको टोलीमा व्यस्त रहेका रोनाल्डो प्रिमियर लिग फर्किने मिति पक्का भएको छैन । क्लब युनाइटेडले पनि रोनाल्डोलाई आफ्ना खेलाडीका रूपमा सार्वजनिक गर्न कार्यक्रम घोषणा गरेको छैन । रोनाल्डो पोर्चुगलको टोलीमा ३ खेल खेलिसकेर इंल्यान्ड फर्किनेछन् । त्यसअघि नै युनाइटेडले उनलाई सार्वजनिक गर्ने कार्यक्रम तथा जर्सी नम्बरको औपचारिक घोषणा गरिसक्नेछ । उता, हालसम्म रोनाल्डोको पूर्वक्लब युभेन्टसले पनि रोनाल्डोको बिदाइको घोषणा गरेको छैन । युनाइटेडमा रोनाल्डोले औपचारिक रूपमा सम्झौता साइन गरेपछि युभेन्टसले पनि रोनाल्डोले क्लब छाडेको घोषणा गर्नेछ ।

नत्र यसअघि रोनाल्डोले उनको पुरानो २८ नम्बर जर्सी लगाउने सम्भावना थियो । उनले सुरुको क्लब पोर्चुगलको क्लब स्पोर्टिङ र युनाइटेडमा करिअर सुरु गर्दा पनि २८ नम्बरकै जर्सी लगाउँथे । जसरी लिओनल मेस्सीले फ्रेन्च क्लब पिएसजीमा १० नम्बर जर्सी छाडेर ३० नम्बर जर्सी लगाए । तर, मेस्सीका लागि पिएसजी र लिग वानले नियम बदलेनन् । तर, रोनाल्डोका लागि युनाइटेड र प्रिमियर लिगले नियम नै परिवर्तन गरे । र, नयाँ नियम लागु गरे । यद्यपि, क्लब युनाइटेड र प्रिमियर लिगले हालसम्म रोनाल्डोको ७ नम्बर जर्सीको औपचारिक घोषणा भने गरिसकेका छैनन् । तर, प्रिमियर लिगले आन्तरिक निर्णय गरेर आफे वेबसाइटमा पनि रोनाल्डोको नाममा ७ नम्बर जर्सी दर्ता गरिसकेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १६ गते बुधवार