माओवादी फेरि एक नम्बर पार्टी नबनेसम्म देश बन्दैन : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देश नबन्ने बताएका छन् ।सोमबार सर्लाही–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीविना देशमा स्थायित्व र विकास नहुने उनले बताए ।

उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन । दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’
साथै, अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउने पनि बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’

यसैगरी देउवा सरकारलाई पूर्णता दिने विषयमा सोमबार पनि छलफल भएको र मंगलबार ठोस निर्णय हुने पनि उनले बताए ।

अब मधेसमा अरु पार्टी हुने छैनन् : प्रचण्ड
‘प्रचण्ड’ले प्रतिक्रान्तिकारीहरु पछारिएको बताएका छन् ।सोमबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी र प्रतिक्रान्तिकारीहरु पछारिएपनि उनीहरु अझै चलमलाउने प्रयास भइरहेको बताएका हुन् ।

‘प्रतिक्रान्तिकारीहरु पछारिएका छन् । केही दिनपछि एक नम्बर र वागमती प्रदेशमा पनि उनीहरु ढल्नेछन्’, प्रचण्डको भनाइ छ । उनले माओवादीले संघीयता छोड्यो भनेर झुठा प्रचार गरेको भन्दै देशको जनताको मुक्तिका लागि निरन्तर संघर्ष गरिरहने पार्टी भएको बताए । ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अव मधेसमा अरु पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ’, प्रचण्डको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र १४ गते सोमवार