मानुषी लघुवित्तको आईपीओले कति पाउला ओपनिङ रेञ्ज ? यस्तो छ सम्भावना



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ)को बाँडफाँड भइसकेको छ । कम्पनीको आईपीओको बाँडफाँड आज ९सोमबार० सम्पन्न भएको छ ।

संस्थाले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता सेयरका सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २३ लाख ६१ हजार ८ सय २७ जनाको आवेदन परेकोमा भाग्यशाली ३६ हजार ८ सय ६२ जनाले सेयर हात पारेका छन् । जसमा ३६ हजार ८ सय ५९ जनाले १० कित्ता र ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११ कित्ता सेयर हात पारेका छन् । ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ भने बाँकी २३ लाख २४ हजार आवेदकको भने हात खाली भएको छ ।

आईपीओ बाँडफाँड भएपश्चात धितोपत्र दोस्रो बजारमा यसको पहिलो कारोबार कतिमा होला भन्ने प्रश्न लगानीकर्ताको मनमा उब्जिएको छ । हामी आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओले ओपनिङ रेन्ज कति पाउला भन्नेबारे जानकारी दिन गइरहेका छौं ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३० रूपैयाँ ९४ पैसादेखि अधिकतम ३९२ रुपैयाँ ८२ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । संस्थाको आर्थिक वर्ष २०७७र७८ को प्रतिसेयर नेटवर्थ १३० रूपैयाँ ९४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३९२ रुपैयाँ ८२ पैसा हुन्छ ।

संस्थाको वित्तीय अवस्था कस्तो छ ?
मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड १९ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २३८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ लाख ७९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५८ लाख ८२ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ७ करोड २८ लाख ४५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिसम्ममा संस्थाको सञ्चालन नाफामा पनि सामान्य बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको यस्तो मूनाफा बृद्धि भएर १ करोड ८९ लाख ३४ हजार रुपैयाँ पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा १ करोड ८९ लाख २२ हजार रुपैयाँमा सिमित थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी ७ करोड रूपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा ३ करोड ४ लाख रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा संस्थाको रिजर्भको आकारमा २८।७ प्रतिशतले बृद्धि भएको छ । समिक्षा अवधिमा संस्थाको प्रतिसेयर आम्दानी १७ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ७९ पैसा रहेको छ । लगानी खबरबाट

प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार