कोपा अमेरिका : ब्राजिलको लगातार तेस्रो जित, कोलम्बिया पराजित !



काठमाण्डाै | कोपा अमेरिका फुटबलमा ब्राजिलले कोलम्बियालाई हराएको छ । अपराजित रहेको ब्राजिलले कोलम्बियालाई २–१ गोलले हराएको हो । उसका लागि रोवर्टो फिर्मिनो र क्यासेमिरोले गोल गरे ।

कोलम्बियाका लुइस ड्यासले १० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि जोगाउन सकेन । रेफ्रीको खुट्टामा लागेको बल पास गरेर गोल गरेको भन्दै ब्राजिलले गरेको पहिलो गोल विवादमा परेको थियो र केहीबेर खेल रोकिएको थियो ।

यसअघि नै अघिल्लो चरणमा पुगेको ब्राजिलको नौ अंक रहेको छ भने कोलम्बिया चार अंकसहित दोस्रो स्थानमा छ । कोपा अमेरिकामा आजै बिहान भएको खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेलेका छन् ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार