३ रेकर्ड सहित फ्रान्स विरुद्ध रोनाल्डोको २ गोल, पोर्चुगल यूरो २०२० को अन्तिम १६ मा !!



यूरो २०२० कै सर्वाधिक कठिन समुह मानिएको समुह एफ अन्तर्गत राति, २०१८ विश्व च्याम्पियन फ्रान्सले साबिक यूरो विजेता पोर्चुगलको सामना गरेको थियो साथै विश्व च्याम्पियन जर्मनी र हंगेरीले जर्मनीको म्युनिकमा सामना गरेका थिए । पोर्चुगल र फ्रान्सको खेल हंगेरीको बुचारेस्ट, पुस्कस एरेनामा भएको थियो । जहाँ पोर्चुगल माथि फ्रान्सले २-२ को बराबरी खेलेको थियो । साथै समुह एफ अन्तर्गतका तिनै हेवीवेट टोली जर्मनी सहित फ्रान्स र पोर्चुगलले अन्तिम १६ को यात्रा तय गरेका छन् ।

३ पेनाल्टी चलेको फ्रान्स विरुद्ध पोर्चुगलको खेलमा, पहिलो हाफको २७ औ मिनेटमा नै पोर्चुगलका डानिलो पेरेरा माथि फ्रान्सका गोल किपर हुगो लोरिसले फल गरेका थिए जसको फलत पोर्चुगलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सफल पार्दै रोनाल्डोले पोर्चुगलका निम्ति अग्रता दिलाएका थिए । समुह चरणको समापनसम्म रोनाल्डोले यूरो २०२० अन्तर्गत आफ्नो चौथो गोल समेत पुरा गरेका हुन् । पोचुगल इतिहासमा समुह चरणका प्रत्यक खेलमा गोल गर्ने पहिलो खेलाडी समेत रोनाल्डो बनेका छन् ।

पहिलो हाफकै ४५ औ मिनेटमा फ्रान्सले समेत पेनाल्टी पाएको थियो । पेनाल्टीको सदुपयोग गर्दै बेन्जिमाले पोर्चुगल विरुद्ध बराबरी गोल फर्काएका थिए । यधपी पहिलो हाफको दुवै पेनाल्टी केहि विवादित देखिएको थियो ।

दोश्रो हाफको सुरुवाती ४७ औ मिनेटमा नै फ्रान्सका करिम बेन्जिमाले दोश्रो गोल गर्दै फ्रान्सलाई एक गोलको अग्रता दिलाएका थिए । पोर्चुगलले पुन ५८ औ मिनेटमा पेनाल्टी पायो र रोनाल्डोले उक्त पेनाल्टी गोलमा परिणत गर्दै पोर्चुगललाई बराबरीमा ल्याएका थिए । गोल्डेन बुट रेसमा रहेका रोनाल्डोले ५ औ गोल गरेका हुन् । खेल दौरान विभिन्न गोल र पेनाल्टी सम्भावना भने भएकै थिए यधपी खेल अन्तत २-२ को बराबरीमा सकिएको थियो ।

सर्वकालीन फुटबल जीवनको पहिलो पटक फ्रान्स विरुद्ध रोनाल्डोले गोल गरेका हुन् । विश्वकप र यूरो दुई विधामा जोडेर सर्वाधिक धेरै गोल गरेका मिरोस्लब क्लोजको रेकर्ड बराबरी गरेका रोनाल्डोले फ्रान्स विरुद्ध गोल गर्दा उक्त रेकर्ड समेत तोडेका छन् । विश्व कप र यूरो गरि १९ गोलको रेकर्ड बराबरी गरेका रोनाल्डोले उक्त रेकर्ड तोडेका हुन् । रोनाल्डोको विश्वकप सहित यूरो कप गोल संख्या २१ रहेको छ ।

इराकी फुटबलर अलि दाएइको रेकर्ड तोडने दाउमा रहेका रोनाल्डोले फ्रान्स विरुद्धको खेल पुर्ब नै १०७ औ गोल पुरा गर्दै रेकर्ड बराबरी गर्न मात्र २ गोलले पछी रहेका थिए । फ्रान्स विरुद्ध गोल गर्दै उक्त रेकर्ड बराबरी गरेका छन् । उनले अन्तर्राष्ट्रिय गोल संख्यालाई १०९ पुर्याएका छन् । हाल विश्व फुटबल कै सर्वाधिक धेरै गोल गर्ने खेलाडीमा रोनाल्डोले रेकर्ड बराबरी गर्न सफलो भएका हुन् ।

बराबरीसंगै पोचुगल समुहमा तेश्रो बनेर यूरो २०२० को अन्तिम १६ प्रवेश गरेको हो । जर्मनी समुह उपविजेता साथै फ्रान्स समुह विजेता बन्दै समुह चरण पार गरेका हुन् ।

जर्मनी विरुद्ध हंगेरीको खेलमा सुरुवाती ११ औ मिनेटमा नै हंगेरीले जर्मनी विरुद्ध अग्रता लिएको थियो । स्ज़लाईको हेडरमा हंगेरीले अग्रता लिएको थियो । खेलको ६६ औ मिनेटमा बराबरीमा फर्किएको जर्मनीका निम्ति हाभार्टजले गोल गरेका थिए तर एक मिनेट पश्चात नै हंगेरीका स्काफेरले गोल गर्दै जर्मनी विरुद्ध अग्रता कायम राखेका थिए । खेलको अन्तिम ८४ औ मिनेटमा जर्मनी बराबरीमा फर्कियो जहाँ गोरज्काले जर्मनीलाई दोश्रो गोल दिलाएका थिए ।

अग्रता जोगाउन नसकेको हंगेरी भने समुह चरणबाट बाहिरिएको छ । समुह एफ मा दुवै अन्तिम खेल २-२ को बराबरीमा सकिएको थियो । आगामी खेल पोर्चुगलले बेल्जियम विरुद्ध फ्रान्सले स्विजरल्याण्ड र जर्मनीले इंग्ल्यान्डको सामना गर्ने तय भएको छ ।

प्रकाशित मिति : २०७८ असार १० गते बिहिवार