कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको निधन !



काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । बिहीबार बिहान नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको नेपाल प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् । दुई हप्ता अगाडि उनलाई संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । उनी प्रहरी संगठन भित्र इमानदार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्छन् ।

रहेनन् पूर्व आईजीपी खड्गजित बराल
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजित बरालको ९३ वर्षको उमेरमा निधन भएको छ । बरालको बुधबार बिहान महाराजगन्जस्थित निवासमै निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको आज (बुधबार) दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी गरिएको छ । नेपाल प्रहरीमा बोल्ड आईजीपीको रुपमा कहलिएका बराल २०२९ सालदेखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक (आईजीपी) बनेका थिए । उनी म्यानमारका लागि पूर्वराजदूत समेत हुन् । नेपाल प्रहरीले उनको अन्त्येष्टि अगाडी अन्तिम सलामी दिनेछ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार