आज पनि ह्वात्तै घट्यो सुनको मूल्य कतिमा हुँदै छ काराेबार !



काठमाडौं । आज पनि बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज (शुक्रबार) सुनको मुल्य तोलामा रु एक हजार रुपैयाँले घटेको हो । हिजो (बिहीबार) प्रति तोला रु ८९ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज तोलामा रु एक हजार रुपैयाँले घटेर छापावाला सुनको मुल्य प्रति तोला रु ८८ हजार २ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ८७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३०५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ७ गते शुक्रवार