विराटनगरमाथि चितवनको रोमाञ्चक जित



चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई ८ रनले हराएको छ। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।

कमलसिंह ऐरीले २६ रन खर्चेर ४ विकेट लिए। विराटनगरका लागि इम्रान शेखले ३९ र आन्द्रे रसेलले ३३ रन बनाए। यसअघि चितवनले डाविड मलानको ७० रनको मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो।

आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।

प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार