काठमाडौं । ओपनर डाविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगरलाई १५८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनायो ।
चितवनका लागि मलानले ५१ बलमा सर्वाधिक ७० रनको योगदान दिए । यो एनपीएलको पहिलो अर्धशतक हो । उनले ५ छक्का र ५ चौका प्रहार गरेका थिए । मलानले पहिलो विकेटका लागि देव खनालसँग ५८ रनको साझेदारी गरेका थिए । देव खनाल १५ बलमा १२ रन बनाएर आउट भए ।
प्रकाशित मिति : २०८३ कार्तिक ११ गते मङ्गलवार
















