काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूविरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् । पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आफ्नो नजिक भनिएका व्यक्तिले नै छुरा हानेको टिप्पणी गरे ।
उनले पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘यसो हेर्यो आफ्नै साथी जस्तो लाग्छ । कमरेड भन्छ, नजिक आउँछ, कमरेड भन्छ, ग्याम्म छुरी हान्छ । यो पनि देखियो । कता जोगिने ? कता नजोगिने ? मैले अस्ति भेलामा पनि मैले भनेको थिएँ । भीष्म पिता जति म त्यति बूढो भएको छैन, ढल्दिनँ । जति हाने पनि ढल्दिनँ ।
आफूले ५७ वर्षअघि कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन र क्रान्तिकारी अभियान सुरू गरेको उनको भनाइ थियो । उक्त राजनीतिक यात्राका क्रममा जेल जीवन बिताउनुपरेको र विभिन्न झूटा आरोप तथा मुद्दा खेप्नुपरेको ओलीले सम्झिए ।
प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार












