देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ, राजनीतिक तरलता झनै बढ्यो : लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहे जस्तो समाज निर्माण हुन बाँकी रहेको बताएका छन् । राजनीतिक दलहरूमा आएको परिवर्तन र शक्तिमा आएको परिवर्तनले मानिसहरू बदलेको उनले बताए । तर जनताका इच्छा र आकांक्षा सम्बोधन गर्ने गरी काम हुन बाँकी रहेको उनको भनाइ छ ।

काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले पनि देशमा समस्याहरू यथावत रहेको उनले बताए । ‘देश अँध्यारो सुरुङतर्फ प्रवेश गरेको छ । राजनीतिक तरलता झन बढेर गएको छ,’ उनले भने, ‘दलहरूसँग आग्रह छ । अहिले पनि देश ठीक ठाउँमा आएको छैन । लिक भन्दा बाहिर गएको छ ।’

प्रकाशित मिति : २०८३ असोज १८ गते आइतवार